फेरी बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो

तु खबर संवाददाता
२०७९ चैत्र १५, बुधबार १५:२७

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज फेरी सुनको भाउ बढेको जनाएको छ । महासंघले आज सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको जनाएको हो ।

भाउ बढेसँगै आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँ र तेजाबी सुनको प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदीको भाउ प्रतितोलामा १ हजार ६६५ रुपैयाँमा कारोकार भइरहेको महासंघले जनाएको छ ।