ठगी आरोपमा चिनियाँ नागरिकसहित १९ जना पक्राउ
काठमाडौं । काठमाडौंमा अनलाइन ब्यापारको नाममा ठगी गरेको आरोपमा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ । प्रहरीले चिनियाँ नागरिकसहित १९ जनालाई काठमाडौंबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ९ जना चिनियाँ नागरिक र १० जना नेपाली नागरिक रहेका छन् । उनीहरुलाई टेलिग्राम मार्फत अनलाइन कक्षा सञ्चालन गर्ने नाममा ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
उनीहरुलाई बुढानीलकण्ठ नगरपालिका–२ महादेवखोला र चण्डोलबाट पक्राउ गरेको कार्यालय स्रोतले जानकारी दिएको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
