आगोमा जलेर एक बालिकाको मृत्यु

रौतहट । रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिकामा गएराति दुई वटा घरमा भएको आगलागीमा परेर एक जना बालिकाको मृत्यु भएको छ ।
ईशनाथ नगरपालिका–६, जयनगर निवासी मजीबुल रहमानको घरमा मंगलबार राति ८ बजे एक्कासि आगलागी भएको थियो । आगलागीको क्रममा घरभित्रै सुतिरहेकी रहमानको ११ वर्षीया छोरी रजिया खातुनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
केही दिनपछि हुन लागेको रहमानको छोरीको विवाहको तयारी स्वरूप घरमा राखिएको लत्ताकपडा, अन्न तथा केही गहना जल्नुका साथै एउटा पाडो समेत जलेर मरको छ ।
आगलागीबाट रहमानको १६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।