समाचार
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा मौसम प्रचिकूल देखिएको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरुमा मेघगर्जन...
मन्त्रालय भागबन्डाबारे टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं । १० दलीय सत्तारुढ गठबन्धन दलको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने गरी बोलाइएको छ । सोमबार बसेको गठबन्धनका शीर्ष तीन दलका शीर्ष नेताको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउन आज साझेदार दलहरू बीच बैठक बस्ने निर्णय गरेका थिए । बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा...
ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, एकैदिन ६९ जनामा पुष्टि
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा देशभर ६९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा १ हजार २६६ जनाको नमुना परीक्षणमा ६९ जनामा संक्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये ४४ जनामा...
उप–निर्वाचनमा गठबन्धन नगर्ने एमालेको निर्णय
काठमाडौं । नेकपा एमालेले आगामी बैशाख १० गते हुने तीन वटै क्षेत्रको उप–निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ । बैशाख ३० गते चितवन २, बारा २ र तनहुँ १ मा हुने उप–निर्वाचनमा गठबन्धन नगर्ने एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उपनिर्वाचन हुने तीन वटै निर्वाचनमा एमालेले आफ्नै...
राप्रपाले तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैशाख १० मा उपनिर्वाचन हुने तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने भएको छ । सोमबार बसेको राप्रपा पदाधिकारी बैठकले बारा २, चितवन २ र तनहुँ १ मा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकले ती निर्वाचन क्षेत्रमा...
बाल विवाह रोकथामका सन्दर्भमा नीति संवाद
काठमाडौँ । नेपालमा बाल विवाहको वर्तमान अवस्थाबारे चर्चा गर्दै सरोकारवालाहरुले यसलाई क्रमश न्यूनिकरण गर्ने सन्दर्भमा छलफल गरेका छन् । एनएसिजी नेपाल र बालिका दुलही हैनको संयुक्त आयोजनामा बालविवाह न्यूनिकरणको क्षेत्रमा देखिएका चुनौतीहरुका साथै भावी कार्यदीशा विषयक नीतिगत सम्वाद गरिएको हो । कार्यक्रममा बालअधिकारको क्षेत्रमा कार्यरत विभिन्न नागरिक समाजका सञ्जालहरु,...
कांग्रेस निकट यातायात मजदुर संघ मकवानपुरको अध्यक्षमा मोक्तान
मकवानपुर । नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर संघ मकवानपुरको अध्यक्षमा गोकुल मोक्तान चयन भएका छन् । समितिको आज सम्पन्न दोस्रो अधिवेशनले मोक्तानको नेतृत्वमा १० सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो । यस्तै, समिति उपाध्यक्षमा नवराज घिमिरे र खडानन्द चौलागाईँ (अगोर) चयन भएका छन् भने सचिवमा ईन्द्र गुरङ चयन...
मकवानपुरको एक घरमा आगलागी हुँदा १५ लाखको क्षति
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नमवर २ कालिखोलास्थित एक घरमा आइतबार दिउँसो आगोलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय कुलबहादुर स्याङतानको कच्ची घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरमा रहेको लत्ताकपडा, अन्नपात, सुनचाँदी, नगद समेत नष्ट भएको...
अवैध लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले छुट्टाछुट्टै जिल्लाबाट अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा र पर्सा गरी दुई छुट्टाछुट्टै जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले झापाको बिर्तामोड नगरपालिका–३ पुण्डरी चोकबाट गएराति लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८०० मिलिग्रामसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ...
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन जना कारागार चलान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नाराबाजी गर्ने तीन जना कारागार चलान भएका छन् । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा गत चैत्र ७ मा काठमाडौंको बानेश्वरबाट पक्राउ परेका उनीहरुले धरौटी रकम नतिरेपछि कारागार चलान गरिएको जिल्ला जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । बागलुङ घर भएका सोनु शर्मा, बझाङका...










