समाचार
शेयर बजारमा हरियाली छायो
काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । लगातार घटेको नेप्से सूचक आज २२.६५ अंकले बढेर १९४९ को विन्दुमा पुगेर रोकिएको हो । नेप्सेमा सूचीकृत २५८ कम्पनीको ५२ लाख ५५ हजार ८६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २९ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको...
सबै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गर्दै माओवादी
काठमाडौं । नेकपा माओवादी केन्द्रले संठनात्मक विषयमा सुझाव संकलन गर्न सबै प्रदेशमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । माओवादी केन्द्रको संगठन विभागको बैठकले आगामी चैत्र ११ गतेदेखि २५ गतेसम्म सबै प्रदेशमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको हो । संगठन विभाग प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’ को अध्यक्षतामा बसेको बैठकले...
राष्ट्र बैंकले ३३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले २३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार, २३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि जारी गर्न लागेको हो । आज दिउँसो ३ बजे यस ट्रेजरी बिलका...
स्ववियु निर्वाचन : मकवानपुरको कुन क्याम्पसमा कस्को नेतृत्व ?
मकवानपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत मकवानपुरको सबै क्याम्पसमा मत गणना सम्पन्न भएको छ । जिल्लामा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ८ वटामध्ये निर्वाचन भएको ७ वटै क्याम्पसमा मत गणना सम्पन्न भएको हो । मत गणनाको अन्तिम परिणाम अनुसार, जिल्लाको ५ वटा क्याम्पसमा अनेरास्ववियू प्यानलका उम्मेदवार र...
यौन दुर्व्यवहार गरेको आरोपमा किशोर पक्राउ
पोखरा । फुपूको छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखराका एक किशोर पक्राउ परेका छन् । १४ वर्षीया बालिकाका परिवारको जाहेरीपछि बाल यौन दुर्व्यवहारको आरोपमा किशोर पक्राउ परेका हुन् । किशोरीले आफूमाथि मामाको छोराबाट यौन दुर्व्यवहार भएको भन्दै दुई दिनअघि टिकटकमार्फत घटना सार्वजनिक गरेकी थिइन् । आर्इतबार पक्राउ परेका किशोरलाई...
आज चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित वर्षा भइरहेको छ । सोमबार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा...
कांग्रेस बागमतीद्वारा राष्ट्रपति पौडेललाई बधाई तथा शुभकामना
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका पदाधिकारीहरुले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई आईतबार बधाई तथा शुभकामना दिएका छन् । iकांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले राष्ट्रपति भवन शीतल निवासमा पुगेर नवनिर्वाचित राष्ट्रपतिलाई बधाई तथा शुभकामना दिएका हुन् । नेता बानियाँले प्रजातन्त्र प्राप्तिको लागि निरन्तर संघर्ष र...
रुखबाट लडेर हेटौंडाकी गोलेको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडामा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–३, जम्बु चौतारा बस्ने ३८ वर्षीया राजलक्ष्मी गोले रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आईतबार घर नजिकै रहेको लेवट सामुदायिक वनमा धयरोको रूखमा चढेर घाँस झार्ने क्रममा लडेर उनको मृत्यु भएको हो...
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिंदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएका हुन् । यसअघि गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला संसद बैठकमा...
मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा लामा
मकवानपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत मकवानपुरको हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पुसको मत गणना सम्पन्न भएको छ । सोमबार बिहान सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार, क्याम्पसको स्ववियु अध्यक्षमा अखिल (क्रमन्तिकारी) का छोइसाङ लामा (तामाङ) निर्वाचित भएका छन् । लामाले अनेरास्ववियूका उम्मेदवार नवराज शर्मा (पौडेल) लाई पराजित...










