ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, एकैदिन ६९ जनामा पुष्टि

तु खबर संवाददाता
२०७९ चैत्र १३, सोमबार १८:२४
filr-photo

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा देशभर ६९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा १ हजार २६६ जनाको नमुना परीक्षणमा ६९ जनामा संक्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये ४४ जनामा एन्टीजेन र २५ जनामा आरटीपीसीआर परीक्षण गर्दा पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा सङ्क्रमित भएकामध्ये अधिकांश नेपाल भारत सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेहरू रहेको स्वास्थ्य मन्त्रालयमा सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।