मन्त्रालय भागबन्डाबारे टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

तु खबर संवाददाता
२०७९ चैत्र १४, मंगलवार ०७:५८
file-photo

काठमाडौं । १० दलीय सत्तारुढ गठबन्धन दलको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने गरी बोलाइएको छ ।

सोमबार बसेको गठबन्धनका शीर्ष तीन दलका शीर्ष नेताको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउन आज साझेदार दलहरू बीच बैठक बस्ने निर्णय गरेका थिए ।

बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुनेछ । बैठकबाटै नयाँ मन्त्रालयको भागबन्डा र मन्त्रीको नामसमेत टुंगो लगाउने तयारी नेताहरूको छ ।

बैठकमा दलहरूबीच मन्त्रालयको भागबन्डा मिले प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्री भागबन्डाको मोटामोटी प्रस्ताव पेस गरे पनि त्यसमा सदै साझेदार दलहरूबीच सहमति भइसकेको छैन ।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दल रहेका छन् ।