मकवानपुरको एक घरमा आगलागी हुँदा १५ लाखको क्षति

तु खबर संवाददाता
२०७९ चैत्र १३,सोमबार १७:०९
file photo

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नमवर २ कालिखोलास्थित एक घरमा आइतबार दिउँसो आगोलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

स्थानीय कुलबहादुर स्याङतानको कच्ची घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरमा रहेको लत्ताकपडा, अन्नपात, सुनचाँदी, नगद समेत नष्ट भएको छ ।

घर जल्दा भाग्ने क्रममा ७० वर्षिय आईत सिं स्याङतान सामान्य घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, आगोलागी के करणले र कसरी भयो भन्ने बारे हाल खुल्न सकेको छैन ।