राप्रपाले तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने

तु खबर संवाददाता
२०७९ चैत्र १३, सोमबार १८:०२
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैशाख १० मा उपनिर्वाचन हुने तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने भएको छ । सोमबार बसेको राप्रपा पदाधिकारी बैठकले बारा २, चितवन २ र तनहुँ १ मा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकले ती निर्वाचन क्षेत्रमा पार्टीको कमाण्डर पनि तोकेको छ । जसमा चितवन २ मा नेता विक्रम पाण्डे, तनहुँ १ मा नीलकण्ठ काफ्ले र बारा २ मा बुद्धिमान तामाङ रहेका छन् ।

कमाण्डरहरुले तोकिएको निर्वाचन क्षेत्रमा आवश्यक छलफल गरेर उम्मेदवारबारे निर्णय लिनेछन् । उप–निर्वाचनका लागि चैत्र २० गते मनोनयन दर्ताको समय तोकिएको हो ।