मोटरसाइकलको ठक्करबाट तामाङको मृत्यु

तु खबर संवाददाता
२०७९ चैत्र १३,सोमबार १५:५९
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका वडा नं १ तल्लो नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गएराति जहरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४५ प ५४४१ नम्बरको मोटरसाइकलले ठ्रक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय रामबहादुर तामाङ रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

यस्तै, उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक घाइते भएका छन् । उनको सलम्बुटारस्थित पिपुल्स लाइफ केयर अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि शङ्खरापुर अस्पताल पठाइएको छ ।