दुर्घटनामा परेर ट्याक्टर चालकको मृत्यु

जनकपुरधाम । धनुषामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक क्षिरेश्वरनाथ नगरपालिका–३ का २९ वर्षीय विष्णुबहादुर फुयाल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, ज १ च ३४३७ ट्याक्टर लिएर क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरबाट बटेश्वर गाउँपालिका–५ शान्तिपुर जाँदै गर्दा एभरेष्ट पेपर मिल नजिक दुर्घटना हुँदा फुयालको मृत्यु भएको हो ।
दुर्घटनामा परेर फुयालको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा मुचुल्का गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी भइरहेको जनाइएको छ ।