मकवानपुरमा एक जना मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ चैत्र ९, बिहीबार १६:१०

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १ स्याउली नजिकै सामरीको खोला छेउमा आज बिहान एक जना मृत अवस्थामा फेला परेका छन् ।

बिहान ७ः४५ बजेको समयमा स्थानीय ५५ वर्षीय सोर्जे पुलामी मगर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, मगरको शव आफ्नै घरबाट अन्दाजी ८०० मिटर दक्षिण तर्फ रहेको सामरी खोलाको छेउमा घोप्टो परेको अवस्थामा फेला परेको हो ।

मृतक मगर छारे रोगको बिरामी रहेको बुझिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।