दुर्लभ वन्यजन्तु सालकको खपेटासहित श्रेष्ठ पक्राउ

तु खबर संवाददाता
२०७९ चैत्र ८, बुधबार १०:१९
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–११ गोंगबु मनमैजु पुलबाट अन्दाजी साढे २ किलो तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप घर भएकी ३४ वर्षीया सन्तोषी श्रेष्ठ रहेका छन् । उनलाई विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले सोमबार राति पक्राउ गरेको हो ।

श्रेष्ठले संचालन गरेको एस एस फेन्सी कलेक्सनबाट उक्त तौलको सालकको खपेटा र २० हजार रूपैयाँसहित फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।