शेयर बजारमा दोहोरो अंकको गिरावट

तु खबर संवाददाता
२०७९ चैत्र ८, बुधबार १५:४२

काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १५.७६ अंकले घटेर १९३३ को विन्दुमा पुगेर रोकिएको छ ।

नेप्सेमा सूचीकृत २६६ कम्पनीको ३७ लाख ७७ हजार ४०० कित्ता शेयर किनबेच हुँदा एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेप्सेमा रहेका सबै उपसूचक राताम्य रहेका छन् । सर्वाधिक म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङको १.८७ प्रतिशतले घटेको छ ।