समाचार

नवनिर्वाचित राष्ट्रपतिद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनलाई कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेलले शितलनिवासमा आयोजित एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । गत फागुन २५ गते नेकपा एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।...

माओवादी धारको संयुक्त अन्तरक्रिया आगामी चैत्र ८ मा

काठमाडौं । माओवादी धारको संयुक्त अन्तरक्रिया आगामी चैत्र ८ गते हुने भएको छ । अन्तरक्रिया कार्यक्रम काठमाडौंको प्रज्ञा भवनमा हुने भएको हो । फागुन ३० गते गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम ८ दिनपछि हुने गरी सरेको हो । गत आर्इतबार संयुक्त पत्रकार सम्मेलन गरेका माओवादी घटकले चैत्र ८ गते मात्रै...

मकवानपुरमा सवारी दुर्घटना

मकवानपुर । कान्तिलोकपथ सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ मोडभञ्ज्याङ् स्थित आज बिहान सवारी दुर्घटना भएको छ । बिहान साढे ७ बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ ख २३७८ नम्वरको खालि ट्रकले पर्सा कारागारबाट काठमाडौं जिल्ला अदालत बबरमहल बकपत्रको लागि थनुवा लिई जाँदै गरेको...

यस्ता छन् बागमती प्रदेश मन्त्रीपरिषद् बैठकको तीन निर्णय

मकवानपुर । बागमती प्रदेश मन्त्रीपरिषद्को आज बसेको बैठकले विभिन्न तीन वटा निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न तीन वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । बैठकले मकवानपुरको तत्कालिन हटिया गाबिस वडा नम्वर २...

हेटौंडामा हुने बक्सिङ प्रतियोगिताको तयारी पूरा

मकवानपुर । हेटौंडामा मंगलबारबाट हुने अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको सबै तयारी पूरा भएको छ । मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष दीपेश जोशीले हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएका हुन् । मकवानपुर जिल्ला बक्सिङ संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा हुने प्रतियोगिताको बागमती...

आठ क्याम्पसमा रोकियो स्ववियु निर्वाचन

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका नजिकिँदै जाँदा त्रिभुवन विश्वविद्यालयका आङ्गिकतर्फका ८ क्याम्पसमा भने निर्वाचन प्रक्रिया रोकिएको छ । देशभरका क्याम्पसमा गत फागुन २७ गते उम्मेदवारको मनोनयन भएपनि ८ आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध हुन गएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।...

सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

दाङ । दाङमा एक महिलालाई सामूहिक बलात्कार गरेको अरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका–१७ का ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, शुक्रबार राति साढे १ बजेको समयमा घोराही उपमहानगरपालिका–१७ स्थित बेलभारमा राति...

आजको मौसम : हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । देशको पहाडी भू–भागका केही स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार, सोमबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि...

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी फिर्ता लिने

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा उम्मेदवारी फिर्ता लिने समय आज रहेको छ । त्रिभुवन विश्वविद्यालयका अनुसार, गत फागुन २७ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुका लागि अपरान्ह १ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय सिमा तोकिएको हो । कार्यतालिका अनुसार, आज सोमबार दिनको १ बजे उम्मेदवारको नाम...

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ आज हुँदै

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि आज दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि...