समाचार

स्ववियु निर्वाचन : ११४ वटामा अनेरास्ववियू र ६१ वटामा अखिल क्रान्तिकारीको जित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत आईतबार सम्पन्न स्ववियु निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेको छ । निर्वाचन भएका अधिकांश क्याम्पसका मत परिणाम सार्वजनिक भइसकेको छ । केहीमा भने हाल मत गणना जारी छ । हालसम्म २५० भन्दा बढी क्याम्पसहरुको मत परिणाम सार्वजनिक भइसकेको छ । त्रिविका ६२ वटा...

सहकारी दिवस मनाउन प्रदेशस्तरीय समिति गठन

मकवानपुर । बागमती प्रदेशमा ६६ औं राष्ट्रिय सहकारी दिवस २०७९ मनाउन प्रदेशस्तरीय मूल समारोह समिति गठन गरिएको छ । हेटौंडामा सम्पन्न सहकारी संघ संस्थाहरुको भेलाले बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको संयोजकत्वमा एक हजार एक सदस्यीय मूल समारोह समिति गठन गरेको हो । समितिको प्रमुख...

बागमती प्रदेश सभाको बैठक भोलि बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक भोलि बस्दैछ । बैठक भोलि चैत्र ८ गते अपराह्न ३ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । उक्त बैठक बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभाका सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेश...

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना पक्राउ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बिरुद्ध बानेश्वरमा नाराबाजी भएको छ । ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीबिरुद्ध नाराबाजी गरेका हुन् । कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर, प्रहरीले ती युवालाई समाउन...

अवैध लागूऔषधसहित तीन जना प्रहरीको फन्दामा

काठमाडौं । प्रहरीले तीन छुट्टाछुट्टै जिल्लाबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी, धरान र झापाबाट लागूऔषध एक/एक जनालाई पक्राउ गरेको हो । प्रहरीले, सुनसरीको धरान उपमहानगरपालिका–२० स्थित सडकबाट अवैध लागूऔषध गाँजा ३१ केजीसहित धनकुटा सागुरीगढी गाउँपालिका–९ घर भएका २५ वर्षीय जितेन राईलाई मंगलबार बिहान पक्राउ गरेको...

बोलेरोको ठक्करबाट गम्भीर घाइते हेटौंडाका बालकको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ ओमनगरमा बोलेरो जिपले ठक्कर दिँदा गम्भीर घाइते बालकको मृत्यु भएको छ । आइतबार साँझ कमाने मनकामनाचोकबाट ओमनगर तर्फ आएको बा १२ च ९७८६ नम्वरको बोलेरोले ठक्कर दिँदा गम्भीर घाइते भएका १४ वर्षीय अनिल श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार,...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट बैंकिङ कसूर मुद्दाका फरार एक जना प्रतिवादीलाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका–१ चरिकोट घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१३ माईक्रोपार्क बस्ने ४४ वर्षीय रमेश कुमार श्रेष्ठ रहेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा चट्याङसहित वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्गसहित असिना पानी पर्ने सम्भावना...

आज नेप्से परिसूचक बन्द रहने

काठमाडौं । आज नेप्से परिसूचक बन्द रहने भएको छ । घोडेजात्राको दिन आज सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ । सोही कारण नेप्से पनि आज बन्द हुने भएको हो । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि सोमबार नेप्से सूचक २२.६५ अङ्कले बढेर १९४९.०६ विन्दुमा...

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ घाइते

धनगढी । कैलालीमा सवारी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् । मृत्यु हुनेहरुमा भजनी–९ की चाहाना चौधरी र दिलरानी चौधरी रहेका...