यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा चट्याङसहित वर्षा भइरहेको छ ।
आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्गसहित असिना पानी पर्ने सम्भावना रहेको छ । यो क्रम राति पनि जारी रहनेछ ।
यस्तै, बुधबार कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । केही दिन देशको मौसम प्रतिकुल रहने महाशाखाले जनाएको छ ।