प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना पक्राउ

तु खबर संवाददाता
२०७९ चैत्र ७,मंगलवार १६:२७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बिरुद्ध बानेश्वरमा नाराबाजी भएको छ । ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीबिरुद्ध नाराबाजी गरेका हुन् ।

कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर, प्रहरीले ती युवालाई समाउन खोज्दा उनले प्रचण्डविरुद्ध नाराबीजी गर्दै बिरोध जनाएका थिए ।

त्यसैबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए । दुवै जना युवालाई प्रहरीले गाडीमा राख्दै गर्दा दुवै जना युवाले मूल्यवृद्धि खारेज गर, नालयक सरकार होसियार, युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैनलगायत विभिन्न माग गर्दै नाराबाजी गरेका हुन् ।