सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ घाइते

तु खबर संवाददाता
२०७९ चैत्र ७,मंगलवार ०८:४२

धनगढी । कैलालीमा सवारी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।

मृत्यु हुनेहरुमा भजनी–९ की चाहाना चौधरी र दिलरानी चौधरी रहेका छन् । उनीहरूको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्लाको बर्दगोरिया गाउँपालिका–६ सुगरखालका आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका–९, कुणीतर्फ फर्किने क्रममा उनीहरू दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परेर २८ जना घाइते भएका छन् । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालकको खोजतलास गरिरहेको छ । घाइतेहरुको वर्दगोरीया अस्पतालमा र घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको जनाइएको छ ।