बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

तु खबर संवाददाता
२०७९ चैत्र ७,मंगलवार ०९:५८
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले काठमाडौंबाट बैंकिङ कसूर मुद्दाका फरार एक जना प्रतिवादीलाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका–१ चरिकोट घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१३ माईक्रोपार्क बस्ने ४४ वर्षीय रमेश कुमार श्रेष्ठ रहेका छन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार, उनी उच्च अदालत पाटनको २०७९ पुस २९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १० दिन कैद र १३ लाख ५० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका थिए ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको जनाइएको छ ।