एकीकृत समाजवादीद्वारा सत्ता गठबन्धनसँग वार्ता गर्न कार्यदल गठन

तु खबर संवाददाता
२०७९ चैत्र ७,मंगलवार १८:१६

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सत्तारुढ गठबन्धनसँग वार्ताका लागि कार्यदल गठन गरेको छ । आज मंगलबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले संघ र प्रदेश सरकार गठन, साझा न्युनतम कार्यक्रम तथा उपनिर्वाचन समेतका विषयमा गठबन्धनमा रहेका दलहरुसँग वार्ता गर्न कार्यदल गठन गरेको हो ।

अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसालगायत रहेका छन् । कार्यदललाई ती विषयमा निर्णय गर्ने अधिकारसमेत दिइएको एकीकृत समाजवादीले जनाएको छ ।