निर्वाचन आयोगद्वारा उप–निर्वाचनका लागि दल दर्ता गर्न आग्रह

तु खबर संवाददाता
२०७९ चैत्र ७,मंगलवार ०८:२५

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उप–निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आग्रह गरेको छ ।

आगामी बैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य तनहुँ–१ र बारा–२ को उप-निर्वाचनमा भाग लिन आयोगले दल दर्ताका लागि आग्रह गरेको हो । चितवन–२ को लागि आयोगले यसअघि नै दल दर्ता गरेको थियो ।

आयोगले चैत्र ८ गतेदेखि चैत्र १२ गतेसम्म राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आग्रह गरेको हो ।

रिक्त तीन निर्वाचन क्षेत्रमा आयोगले बैशाख १० गते एकैपटक उप–निर्वाचन गर्ने भएको छ ।