स्ववियु निर्वाचन : देशभरका २४३ क्याम्पसको नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरका २४३ क्याम्पसहरूमा भएको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ । हालसम्म अनेरास्ववियु पहिलो स्थानमा देखिएको छ । अनेरास्ववियु १०६ वटा कलेजमा विजयी भएर पहिलो स्थानमा देखिएको हो ।
त्यस्तै, नेपाल विद्यार्थी संघ (नेविसंघ) दोस्रो स्थानमा छ । नेविसंघले हालसम्म ७९ कलेजमा जित हाँसिल गरेको छ । यस्तै, अखिल क्रान्तिकारीले ४७ कलेजमा जित हाँसिल गरेर तेस्रो स्थानमा देखिएको छ ।
ती बाहेक ११ वटा कलेजमा अनेरास्ववियू, विप्लव समूह लगायतले निर्वाचनमा जित हाँसिल गरेका छन् । तालाबन्दी भएर हालसम्म ६५ कलेजमा निर्वाचन प्रक्रिया रोकिएको छ भने ४६ क्याम्पसमा प्रक्रिया नै सुरू भएको छैन ।
निर्वाचन रोकिएका कलेजहरूमा यही चैत्र १२ गते अगावै निर्वाचन गराउन त्रिविले निर्देशन दिइसकेको छ ।