प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

तु खबर संवाददाता
२०७९ चैत्र ६,सोमबार १८:००
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वासको मत पाएका छन् । सोमबार प्रतिनिधि सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा प्रधानमन्त्रीले आफूलाई प्रतिनिधि सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाए । ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए ।

१ जनाले मत दिएनन् । मतदानमा २६२ सांसदले भाग लिएका थिए । गत पुस १० मा नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री भएपछि पुस २६ मा विश्वासको मत लिएका थिए ।