जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०७९ चैत्र ७,मंगलवार ०८:३०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक पार्टी कार्यालयमा दिउँसो १२ः३० बजे बस्ने भएको हो ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको व्यवस्थापन समितिको बैठक आज बस्न लागेको हो ।

विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठन लगायतका विषयमा छलफल गर्न उक्त बैठक बोलाइएको हो । जसपाले चैत्र १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिइसकेको छ ।

जसपाले चैत्र २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरे अनुसार त्यसको तयारीका लागि यो बैठक बोलाएको हो ।