प्रतिनिधि सभाको बैठक चैत्र १२ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ । सोमबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएको घोषणा गर्दै सभामुख सभामुख देवराज घिमिरेले अको बैठक यही चैत १२ गतेसम्मका लागि स्थगित गरेका हुन् ।
सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाएका थिए । मतदानमा २६२ सांसदले भाग लिएका थिए । तीमध्ये ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिएका थिए भने एक जनाले मत दिएनन् ।