मकवानपुरमा चट्याङ लागेर एक जना घाइते

मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक जना घाइते भएका छन् । मंगलबार राति १०ः १० बजेको समयमा चट्याङ लागेर जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ४ मसिने बस्ने ६२ वर्षीय बमबहादुर थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीकाअ नुसार, थिङ आफ्नै घर अगाडि आगनमा उभिरहेको अवस्थामा अभिरल वर्षादसँगै परेको चट्याङले लागेर घाइते भएका हुन् ।
चट्याङ लागेर थिङको टाउकाको पछाडी पट्टिको कापालको भाग जलेको र छातिमा भित्री चोट लागेको छ । घाइते थिङको हेटौंडा अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।