शेयर बजारमा हरियाली छायो

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । लगातार घटेको नेप्से सूचक आज २२.६५ अंकले बढेर १९४९ को विन्दुमा पुगेर रोकिएको हो ।
नेप्सेमा सूचीकृत २५८ कम्पनीको ५२ लाख ५५ हजार ८६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २९ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । सर्वाधिक आज ब्यापार उपसूचक ४.६६ प्रतिशतले बढेको छ ।
यसअघि आईतबार नेप्से सूचक ६.९० अंकले घटेर १९२६ विन्दुमा पुगेर रोकिएको थियो भने नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ६ करोड ९८ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।