मकवानपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट

तु खबर संवाददाता
२०७९ चैत्र ६,सोमबार १५:५९
file photo

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ७ घमनटोलको एक घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । शनिबार राति स्थानीय ६२ वर्षीय बलबहादुर राईको कच्ची घरमा टुकी बत्तिबाट आगलागी हुँदा घर जलेर नष्ट भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट घरमा भएको नगद, अन्नपात, लत्ताकपडा र एकवटा बाख्रा जलेर नष्ट भएको भ भने कुनै मानवीय क्षति नभएको छैन । आगलागीबाट करिब एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।