जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृती

तु खबर संवाददाता
२०७९ चैत्र ६,सोमबार १६:२७
file-photo

काठमाडौंं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले जनता समाजवादी पार्टी (जसपा) बाट दिएको राजीनामा स्वीकृत भएको छ ।

जसपाका कार्यकारिणी सदस्य समेत रहेका यादवले चैत्र ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्य समेत नरहने गरि पदबाट राजीनामा दिएका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादवले आज उनको राजीनामा स्वीकृत गरेको सो पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

चैत्र ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका यादवले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।