सबै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गर्दै माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले संठनात्मक विषयमा सुझाव संकलन गर्न सबै प्रदेशमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । माओवादी केन्द्रको संगठन विभागको बैठकले आगामी चैत्र ११ गतेदेखि २५ गतेसम्म सबै प्रदेशमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको हो ।
संगठन विभाग प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’ को अध्यक्षतामा बसेको बैठकले सम्पर्क समन्वय प्रदेशमा चैत्र ११, उपत्यका विशेष प्रदेशमा चैत्र १३ गते, कोशी प्रदेशमा चैत्र १७ गते, मधेस प्रदेशमा चैत्र १८ गते, बागमती प्रदेशमा चैत्र २७ गते, लुम्बिनी प्रदेशमा चैत्र २५ गते अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।
यस्तै, कर्णाली प्रदेशमा चैत्र २२ गते, सुदूरपश्चिम प्रदेशमा चैत्र २० गते तथा गण्डकी प्रदेशम पछि तय हुनेछ । विभागका एक सदस्यका अनुसार प्रदेशहरुमा हुने अन्तरक्रियामा केन्द्रीय संगठन विभागका नेताहरु सहभागी हुनेछन् ।