मृत अवस्थामा भेटिइन् मकवानपुरकी बलामी

मकवानपुर । मकवानवपुरको थाहा नगरपालिकामा एक जना महिला मृत अवस्थामा भेटिएकी छन् । थाहा नगरपालिका वडा नम्वर ६ की ४० वर्षीया निर्मला बलामी मृत अवस्थामा फेला परेकी हुन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार, बलामी आफ्नै घरमा सुतेकै अवस्थामा मृत फेला परेकी हुन् । प्रहरीले घटना स्थल सुरक्षित राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।