समाचार

विकट गाउँमा अंग्रेजी माध्यमबाट पढाई सुरु

मकवानपुर । मकवानपुरको विकट गाउँपालिकाको रुपमा रहेको राक्सिराङ गाउँपालिका–३ स्थित पलासेमा रहेको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सुरु भएको छ । पलाँसेमा रहेको सूर्योदय माध्यमिक विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाई सुरु गरिएको हो । शुक्रबार एक कार्यक्रमकाबीच बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँसमेतको उपस्थितिमा अंग्रेजी माध्यमको...

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले चितवन, कैलाली, कपिलवस्तु र धनगढी गरी चार छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको हो । प्रहरीले चितवनको राप्ती नगरपालिका–११ चिउरीटारबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्रामसहित सोही नगरपालिका बरिनटार बस्ने ६२...

नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आशा लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । संस्थाको १४.२८ प्रतिशत दरका कुल ४ लाख ७७ हजार २० कित्ता बोनस शेयर सूचीकृत भएको र...

एनएमबि बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) र एनएमबि बैंकबीच विभिन्न डिजिटल च्यानल सेवाहरू प्रयोग गर्ने सम्झौता भएको छ । सम्झौतामा स्मार्ट च्वाइस टेक्नोलोजीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र एनएमबि बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरेका छन् । ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा...

आगो निभाउन पुगेका वन समितिका अध्यक्षको जलेर मृत्यु

जाजरकोट । जाजरकोटमा वनमा लागेको आगोमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका –७ का दलजित कार्की रहेका छन् । उनी अध्यक्ष त रहेको पातिहाल्न सामुदायिक वनमा आगो लागेको थियो । निभाउन भन्दै जङ्गलमा गएका उनको त्यहीँ क्रममा जलेर मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ...

प्रधानमन्त्री प्रचण्ड र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै प्रचण्डलाई धन्यवाद दिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले भीआईपीलाई पक्राउ गर्ने...

सुनको भाउ प्रतितोलामा ८ सय रुपैयाँले घट्यो

काठमाडौं । शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउँ बढेसँगै आज छापावाला सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला...

आफैँमाथि आगो लगाएकी महिलाको मृत्यु

विराटनगर । मोरङमा घरायसी झगडामा आफ्नै शरीरमा आगो लगाएकी एक महिलाको मृत्यु भएको छ । आफ्नो शरीरमा मट्टितेल खनाएकी ४० वर्षीय आशा शर्माको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बुधबार राति ९ विराटनगर महानगरपालिका–१० तीनटोलियामा पति राजकुमार कोइरीसँग विवाद गरेकी शर्माले आफ्नो शरीरमा मट्टितेल खनाएर...

मकवानपुर प्रहरीद्वारा ५३२३ किलो गाँजा बरामद

मकवानपुर । मकवानपुर प्रहरीले चालु आर्थिक वर्ष २०७९/०८० को हालसम्ममा ५ हजार ३२३ किलो ४८९ ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।आव २०७९/८० को थत साउन महिनादेखि हालसम्म आइपुग्दा सो परिणामको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेव गौतमले जानकारी दिए । गौतमका अनुसार, उक्त गाँजा आव...

संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधन

काठमाडौं । संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । नेपाली कांग्रेस नेता समेत रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उनी काठमाडौंको सिफलमा बस्दै आएका थिए । २००२ मंसिर २१ गते लिखु पिके गाउँपालिका, वार्ड नं ३ सोलुखुम्बुमा जन्मिएका बस्नेत नेपाली कांग्रेसको सक्रिय...