समाचार

७ दिनभित्र लेखापरीक्षण सार्वजनिक गर्न ८२ दललाई निर्देशन

काठमाडौं । निर्वाचन आयोगले ८२ वटा राजनीतिक दललाई आर्थिक वर्ष ०७८/०७९ को लेखा परीक्षण सात दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आर्थिक आवको लेखा परीक्षण सार्वजनिक गर्न निर्देशन दिएको हो ।...

राप्रपा केन्द्रीय समिति बैठक जेठ १ देखि बस्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक जेठ १, २ र ३ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको कार्यदलले तयार पारेको भावी रणनीति र कार्यनीतिसम्बन्धी कार्ययोजना पेश गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।...

भोलिबाट हेटौंडा मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता

मकवानपुर । हेटौंडामा भोलि शुक्रबारबाट ‘हेटौंडा मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८०’ सुरु हुने भएको छ । उक्त प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघ, हेटौंडा चेस क्लब र नेपाल खेलकुद माहासंघको संयुक्त आयोजनामा हुन लागेको हो । नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव एवम् प्रतियोगिताका निर्देशक धरम बहादुर लामाले बिहीबार...

मकवानपुर जागरण अभियानका अध्यक्ष कोइराला रिहा

मकवानपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेको अभियोगमा बिहीबार दिउँसो पक्राउ परेका मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइराला रिहा भएका छन् । कोइरालाले ‘मानव तस्करीको आरोप लागेकी कांग्रेस नेतृ आरजु राणालाई आज हेटौंडामा सार्वजनिक रुपमा बहिस्कार गरौँ ।’...

थप ३० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सो अवधिमा १ हजार ६३० नमुनामध्‍ये ८२० जनाको पीसीआर परीक्षण गर्दा १० जना र ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २० जना गरी ३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...

झिनो अंकले घट्यो नेप्से

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । नेप्से सूचक ३ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको २१ लाख ३ हजार ७९१ कित्ता शेयर किनबेच हुँदा शेयर बजारमा जम्मा ५७ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार...

‘शरणार्थी प्रकरणका सबै नेक्ससलाई कारबाही हुन्छ’

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै नेक्ससलाई कारबाही गरिने बताएका छन् । बिहीबार आफूसँग भेट गर्न आएका नेकपा एकीकृत समाजवादीका नेता तथा जनवर्गीय संगठनका नेताहरूसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले दोषीलाई कुनै...

रमाना नलिने कर्मचारीलाई कारबाही गरिने

काठमाडौं । सरुवा तथा पदस्थापन भएर पनि रमाना नलिने कर्मचारीलाई सरकारले विभागीय कारबाही गर्ने भएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश कार्यालय र स्थानीय तहलाई परिपत्र गर्दै यस्तो चेतावनी दिएको हो । सरुवा, पदस्थापन, कामकाज तथा काजमा खटाइएका र काज फिर्ता...

धुम्बाराहीमा कांग्रेस शीर्ष नेताको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक हाल जारी छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज दिउँसो साढे २ बजेबाट बैठक जारी छ । बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँण, पार्टीको आन्तरिक गतिविधि र प्रदेशहरुमा मन्त्री छनोटका विषयमा...

छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु

विराटनगर । मोरङमा छोराले चलाएको मोटरसाइकल दुर्घटनामा परी आमाको मृत्यु भएको छ । जिल्लाको रङेली नगरपालिका–५ धनापट्टीमा छोराले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि बसेकी आमाको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका अनुसार, प्रदेश १–०२–०४९ प ७८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा हुँदा आमा मानकीदेवी...