समाचार
बिहीबार सुनको भाउ स्थिर
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको भाउ स्थिर कायम भएको जनाएको छ । आजको मूल्यसूची तय गर्दै महासङ्घले बुधबारकै मूल्यमा सुनको कारोबार भइरहेको जानकारी गराएको हो । यससँगै, आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला १...
होटलमा खाजा खान आएका ग्राहकको छुरा हानेर हत्या
धादिङ । धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ । बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका २७ वर्षीय विनोद थापा मगरलाई निबुवा बोटेस्थित ‘सानदार होटल’ का संचालक २८ वर्षीय नीरज पण्डितले छुरा हानी हत्या गरेको...
मकवानपुर जागरण अभियानका अध्यक्ष कोइराला पक्राउ
मकवानपुर । मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइराला पक्राउ परेका छन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । कोइरालाले ‘मानव तस्करीको आरोप लागेकी कांग्रेस नेतृ आरजु राणालाई आज हेटौंडामा सार्वजनिक रुपमा बहिस्कार...
‘जिउँदा शहीद’ मुकेश कायस्थको निधन
काभ्रे । दोस्रो जनआन्दोलनमा घाइते भएका काभ्रेका मुकेश कायस्थको निधन भएको छ । ‘जिउँदा शहीद’ भनेर चिनिने कायस्थको बुधबार साँझ बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । २०६२ चैत्र २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए ।...
आगोमा जलेर घाइते भएका एक जनाको मृत्यु
दैलेख । दैलेखको सामुदायिक वनमा आगलागी हुँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिस नगरपालिका–६ का भैरे विक रहेको प्रहरी कार्यालय दैलेखले जनाएको छ । दैलेख प्रहरीका अनुसार, नेपालगञ्जको भेरी प्रादेशिक अस्पतालमा उनको उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो । आगोमा जलेर...
क्यानडा र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । क्यानडा र चेक रिपब्लिक पठाइदिन्छु भनी लाखौं रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भई हाल काठमाडौंको नयाँ बजार बस्ने ३४ वर्षका उद्धव नेपाल भन्ने सुवर्ण मग्राती रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनले बाबुराम सापकोटासमेत चार...
राजनीतिक मुद्दा फिर्तासम्बन्धी विधेयक संसदमा
काठमाडौं । सरकारले विभिन्न समयमा राजनीतिक दल वा समूहसँग गरेका सम्झौता अनुसार मुद्दा फिर्ता लिनका लागि फौजदारी कार्यविधि संहिता संशोधनको प्रस्ताव गरेको छ । केही नेपाल ऐन संशोधन विधेयकमार्फत सरकारले यस्तो प्रस्ताव गरेको हो। जुनसुकै तहको अदालतमा विचाराधीन रहेका मुद्दा फिर्ता लिन सकिने प्रस्ताव विधेयकमा गरिएको छ । विधेयकमा...
बालकृष्ण खाँण पक्राउ बारेमा छलफल गर्न कांग्रेस बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । पार्टी नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो । हिजो बुधबार बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनीमाथि प्रहरी अनुसन्धान जारी रहेको र...
भारतीयको कुटाइबाट नेपाली युवकको मृत्यु
भैरहवा । सीमावर्ती भारतीय गाउँमा शङ्कास्पद रूपमा नेपाली युवा मृतावस्थामा भेटिएका छन् । मृत भेटिनेमा रोहिणी गाउँपालिका–२ बस्ने २६ वर्षीय रविकुमार यादव रहेका छन् । यादवको शव हात बाँधिएको र शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएको छ । स्थानीयवासीका अनुसार रविको मानसिक अवस्था ठीक थिएन । अतिविपन्न अवस्थाका यादव घर...
शिवमको खानीले जोखिम निम्त्याउँदै, संसदमा उठ्यो सामरी खोलाको मुद्धा
मकवानपुर । हेटौंडाको हटियामा रहेको शिवम सिमेन्ट उद्योगले अव्यवस्थित रुपमा खानी सञ्चालन गरी चुनढुङ्गा उत्खनन् गर्दा सामरी खोलामा बाढी आउने जोखिम बढेको भन्दै स्थानीयवासी चिन्तामा परेका छन् । मकवानपुरगढी गाउँपालिकाको धादिङ, भालुखोला, कुर्ले, बुङ्दल, कालिखोलालगायत क्षेत्रका बासिन्दा चिन्तामा परेका हुन् । उद्योगले गढी गाउँपालिका र बकैया गाउँपालिकामा पर्ने लटरम्मेश्वर...










