समाचार

जसपाको विधान अधिवेशन असारमा गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आगामी असार ९ गतेदेखि विधान अधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले असार ९ गतेदेखि विधान अधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए । यसअघि सो अधिवेशन जेठ १ गतेदेखि काठमाडौँमा तय...

कांग्रेसले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलायो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन् । पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकै दिन देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका हुन् । कांग्रेसका एक नेताका अनुसार देउवाले बुधबार साँझ ५ बजे धुम्बाराहीस्थित निवासमै छलफल गर्ने गरी नेताहरुलाई बोलाएका छन्...

कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न पछि हट्दिन : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । श्रेष्ठले देशमा थुप्रै समस्या रहेको र कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गरे ।...

वनमा लागेको आगो निभाउन जाँदा १२ मजदुर घाइते

दैलेख । दैलेखको आठबिस नगरपालिका–६ अन्तर्गत पर्ने भामे ठुला मेला सामुदायिक वनमा लागेको आगो निभाउन जाँदा १२ जना मजदुरहरू घाइते भएका छन् । आठबिस नगरपालिकाका उपप्रमुख कल्पना थापाका अनुसार वन क्षेत्रमै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत निर्माण कार्य हुँदै थियो । निर्माण कार्यमा सहभागी मजदुरहरू आगो निभाउने घाइते भएको उनले...

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा केन्द्रीय समिति बैठक आह्वान गरिएको छ । बैठक आगामी जेठ ११ गतेदेखि कपिलवस्तुको शिवगढीमा बस्ने गरी आह्वान गरिएको हो । पछिल्लो समय स–साना पार्टीहरुसँग एकता गरेपछि एकता सहितको केन्द्रीय समिति बैठक बस्ने सचिवालय सदस्य सन्तोष बुढामगरले जानकारी दिए । बैठकमा आगामी कार्ययोजना...

थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सो अवधिमा ५०५ जनाको नमुना परीक्ष गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोना संक्रमितको संक्रिय संख्या १४१ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा १४ जना, आईसीयूमा...

झिनो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन सामान्य सुधार देखिएको नेप्से परिसूचक आज २.४३ अंकले घटेर १८४१ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६५ कम्पनीको १९ लाख ३७ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा जम्मा ५८ करोड...

एमालेद्वारा टोपबहादुर रायमाझी निलम्बित

काठमाडौं । नेकपा एमालेले पार्टी सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । एमाले महासचिव शंकर पोखरेलले बुधबार एक विज्ञप्ति जारी गर्दै रायमाझीलाई निलम्बन गरिएको जानकारी गराएका हुन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले वारेन्ट जारी गरेसँगै फरार रहँदै...

सरकारी कोषमा १ खर्ब ९१ अर्ब नगद मौज्दात

काठमाडौं । केन्द्रीय बैंकले चैत्र मसान्तसम्म सरकारी कोषमा १ खर्ब ९१ अर्ब ३७ करोड रुपैयाँ नगद मौज्दात रहेको जनाएको छ । बुधबार चालु आर्थिक वर्षको चैत्र मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै बैंकले संघीय सरकार र स्थानीय सरकार (प्रदेश सरकार र सबै स्थानीय तहको समेत गरेर) यस्तो रकम मौज्दात रहेको...

पूर्वगृहमन्त्री खाँणलाई जिल्ला अदालत लगियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंमा लगिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा आज बिहान पक्राउ परेका खाँणलाई हिरासतमा राख्न अदालतसँग अनुमति लिन लगिएको हो । उनलाई बुधबार बिहान आफ्नै निवासबाट पक्राउ गरिएको उपत्यका...