समाचार
यौन दुर्व्यवहार काण्डमा ट्रम्प दोषी ठहर
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार काण्डमा दोषी ठहर भएका छन् । न्युयोर्कको एक अदालतले देवानी (सिविल) मुद्दाको सुनुवाई गर्दै यौन दुर्व्यवहारको घटनामा ट्रम्प दोषी पाइएको फैसला सुनाएको हो । पूर्वराष्ट्रपति ट्रम्पमाथि एक अखबारकी लेखिका ई.जेन क्यारोलले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । क्यारोलले सन्...
ए डिभिजन लिगमा आज दुई खेल हुँदै
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ । एउटा खेल त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्समा हुनेछ । त्रिपुरेश्वर स्थित रङ्गशालामा एपिएफ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ । यसैगरी, ३ बजे नै एन्फा...
आज अर्थमन्त्रीले प्रि–बजेटका बारेमा जवाफ दिने
काठमाडौं । आज प्रि–बजेटका बारेमा सांसदहरूले राखेका जिज्ञासाका बारेमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिँने कार्यसूची छ । गत आइतबार बसेको प्रतिनिधि सभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरूले राखेका प्रि–बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् । प्रि–बजेटका बारेमा सांसदहरूले आ–आफ्नो धारणा राखिसकेका...
निजामती कर्मचारीसम्वद्ध ट्रेड युनियन खारेजीको प्रस्ताव
काठमाडौं । सरकारले निजामती कर्मचारीसम्वद्ध ट्रेड युनियनहरूको खारेजीको प्रस्ताव गरेको छ । ट्रेड युनियनहरूले राजनीतिमा भाग लिने गरेको, त्यसले सेवा प्रवाह र सुशासनमा गम्भीर खलल पु¥याएको भन्दै सरकारले कर्मचारीसम्वद्ध सम्पूर्ण ट्रेड युनियन खारेजीको प्रस्ताव गरेको हो । सरकारले सबै ट्रेड युनियनको खारेजी गर्दै राष्ट्रिय स्तरको एकमात्रै ट्रेड युनियन राख्न...
मौसम पूर्वानुमान : यी प्रदेशमा हावाहुरीको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा...
दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु
प्युठान । प्युठानको सरुमारानी गाउँपालिका वडा नम्वर ६ मोतिपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक प्युठान झिमरुक गाउँपालिका–४ बागेंफेदीका २४ वर्षीय शेरा सुलभ शाह रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । प्रहरीका अनुसार, बुटवलबाट प्युठानतर्फ आउँदै गरेको लु ५८ प ६१२०...
नक्कली भुटानी शरणार्थी प्रकरण : थप २ जना पक्राउ
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप दुुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी रहेका छन् । उनीहरुलाई उपत्यका अपराध अनुसन्धान काठमाडौंको टोलीले पक्राउ गरेको हो । यसअघि पक्राउ परेकाहरुले...
हेटौंडास्थित वनस्पतिका ५६ घरधुरीलाई लालपुर्जा वितरण
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ वनस्पतिमा बस्दै आएका ५६ घरधुरी सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग मकवानपुरले मंगलबार एक कार्यक्रमबीच उनीहरुलाई लालपुर्जा वितरण गरेको हो । २०५० सालको साउनमा आएको बाढीपहिरोले घरबिहीन भएकाहरुलाई २०५२ सालमा साबिकको पदमपोखरी र हालको हेटौंडा उपमहानगरपालिका–१३ वनस्पतिमा ताइवानी सरकारको...
करेन्टले लियो एक जनाको ज्यान
पाल्पा । पाल्पा जिल्लाको रामपुर नगरपालिकामा करेन्ट लागेर एक एक पुरुषको ज्यान गएको छ । रामपुर नगरपालिका–५ भम्बक बस्ने ३४ वर्षीय गोविन्द कुमालको मंगलबार बिहान करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, काब्रोको रुखमा चढेर घाँस काट्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर...
लागूऔषधसहित ९ जना प्रहरीको फन्दामा
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले सुर्खेत, कैलाली र कपिलवस्तु जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको हो । प्रहरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय दिनेश आचार्यसमेत ३ जनालाई सोमबार...










