समाचार
प्रमुख दलका शीर्ष तीन नेताबीच छलफल जारी
काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ । प्रधानमन्त्रीको बोलावटमा नेताहरू बालुवाटार पुगेको अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।...
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस भएका छन् । सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले कार्कीलाई प्रधानन्यायाधीश बनाउन सिफारिस गरेको हो । बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा...
चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते
दार्चुला । दार्चुलामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सोमबार साँझ परेको चटयाङ लागेर शैल्यशिखर नगरपालिका–३ दुवेडीका १५ वर्षीय नरेश खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सोही चटयाङमा परेर ४० वर्षीया मीना खत्री र ३० वर्षीय कुमार खत्री...
सडेको अवस्थामा दुई जनाको शव फेला
पाल्पा । पाल्पामा झुन्डिएका अवस्थामा दुई जनाको शव फेला परेका छन् । जिल्लाको माथागढी र तिनाउ गाउँपालिकामा सोमबार झुन्डिएको अवस्थामा दुई जनाको शव फेला परेको पाल्पा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, तिनाउ गाउँपालिका–३, झुम्सामा रहेको खुल्खुले सामुदायिक वन क्षेत्रमा र माथागढी गाउँपालिका–५, को सामुदायिक वनमा अर्को एक शव...
आज कानून दिवस मनाइँदै
काठमाडौं । आज कानून दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष बैशाख...
एमालेको सचिवालय बैठक आज बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने भएको हो । बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने बिषयमाथि छलफल गरिने छ । एमाले पोलिटब्युरो सदस्य शेरबहादुर तामाङका अनुसार केन्द्रीय सचिवालय बैठकबाट केन्द्रीय समितिको छलफलको एजेण्डा तय हुनेछ...
आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै, आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई...
प्रि–बजेटमाथि आज पनि छलफल हुने
काठमाडौं । संघीय संसद् प्रतिनिधि सभामा आज पनि प्रि–बजेटमाथि छलफल हुने भएको छ । प्रतिनिधि सभा कार्य व्यवस्था समितिको बैठकको निर्णय अनुसार आज पनि प्रि–बजेटमाथि छलफल हुन लागेको हो । जसअनुसार बैशाख २५ देखी २८ गतेसम्म प्रि बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिएका थिए...
आजदेखि १२ कक्षाको परीक्षा सुरु
काठमाडौं । आजबाट कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । बिहान ८ बजेबाट १२ बजेसम्म परीक्षा संचालन हुनेछ । यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । तीमध्ये यस वर्ष...
संवैधानिक परिषदको बैठक जारी
काठमाडौं । संवैधानिक परिषदको बैठक हाल जारी छ । प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सिंहदरबारमा बसेको बैठक केहीबेर अघि मात्रै सुरु भएको हो । बैठकमा परिषदका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख इन्दिरा राना र कानुन न्याय...









