पूर्व गृहमन्त्री खाँणको बयान आज पनि

तु खबर संवाददाता
२०८० जेष्ठ २, मंगलवार ०८:१७
file-photo

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान आज पनि हुँदैछ ।

गत बिहीबार पक्राउ परे पनि सोमबारबाट मात्रै विषय केन्द्रित भएर बयान सुरु भएको र सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको सरकारी वकिल प्रमुख एवम् महान्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए ।

सो प्रकरणमा मुछिए पनि खाँणले ’मोबाइल फरम्याट’ गरेको तथा सो मोबाइलको ‘डाटा रिकभर’ हुनका लागि समय लागे पछि सोमबारबाट मात्रै उनको बयान सुरु गरिएको प्रहरीले जनाएको छ ।