कांग्रेसले देउवा फर्केपछि मात्रै बालकृष्ण खाँणबारे निर्णय गर्ने

काठमाडौं । नेपाली कांग्रेसले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्ने वा नगर्ने निर्णय पार्टी सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि मात्रै गर्ने भएको छ ।
सभापति देउवा उपचारका लागि सिंगापुर गएका छन् । देउवा असार ७ गते स्वदेश फर्किएपछि मात्रै खाँणको विषयमा छलफल हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
देउवाले कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन् ।
बैशाख २७ मा नक्कली शरणार्थी प्रकरणमा परेका खाँणलाई शुक्रबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।