पूर्वगृहमन्त्री खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । नक्कली भुटानी शरणनार्थी प्रकरणमा बुधबार बिहान पक्राउ परेका उनलाई आवश्यक अनुसन्धानका लागि अदालतले चार दिन हिराशतमा राख्न अनुमति दिएको हो ।
खाँणलाई आज चुप्चेपाटीस्थित घरबाट पक्राउ गरिएको थियो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पाँच घण्टासम्म सोधपुछ गरेको थियो ।
यस प्रकरणमा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरिसकेको छ । बहालवाला सचिव टेकनारायण पाण्डे लगायत १२ जना अहिले हिरासतमा रहेका छन् । संगठित अपराधमा प्रहरीले म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
