बालकृष्णको तर्फबाट १० वकिलको बहस सकियो, बाँकीको भोलि

तु खबर संवाददाता
२०८० जेष्ठ ३०,मंगलवार १९:०२
file-photo

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार बालकृष्ण खाँणको तर्फबाट १० जना वकिलको बहस सकिएको छ ।

खाँणको तर्फबाट काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलासमा १० वकिलले बहस गरेका हुन् ।

खाणको तर्फबाट पंकज कुमार कर्ण, शेरबहादुर केसी, प्रेम बहादुर खड्का, लक्ष्मी थापा खड्का, एकराज पोखरेल, हरिहर दाहाल, हरिशंकर झालगायतले बहस गरेका छन् ।

बहसका क्रममा उनीहरुले बयानका आधारमा खाँणलाई ठगी, कीर्ते लगायतका पाँच मुद्दा चलाउन नमिल्ने जिकिर गरे ।

खाँणको पक्षमा आजबाट २५ जना वकिलहरूले बहस गर्ने भनिएको थियो । बाँकीले भने भोलि बुधबार बहस गर्ने जनाइएको छ ।