आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना

तु खबर संवाददाता
२०८० जेष्ठ २, मंगलवार ०८:२४
file-photo

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार, हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भू–भागको एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागमा चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति भने कोशी प्रदेशका एक/दुई स्थानमा चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।