समाचार
थप ५१ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सो अवधिमा १ हजार ९०२ नमूनामध्ये ६६९ जनाको पीसीआर परीक्षण गर्दा २६ जना र १ हजार २३३ जनाको एन्टीजेन परीषण गर्दा २५ जना गरी ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको...
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ
पाकिस्तान । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । खानलाई इस्लामाबाद उच्च अदालत बाहिरबाट सुरक्षाकर्मीले पक्राउ गरेको हो । उनलाई कुन मुद्दामा पक्राउ गरेको भन्नेबारे अहिले जानकारी नभएको बीबीसीले बताएको छ । इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) का नेता फवाद खानका अनुसार इस्लामाबाद उच्च अदालत बाहिर...
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा हाल जारी छ । मन्त्रिपरिषद्को नियमित बैठक केहीबेर अघि सुरु भएको हो । आजको बैठकमा बजेटलगायतका समसामयिक विषयमा छलफल तथा निर्णय गर्ने कार्यसूची रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
१२ एसएसपीको सरुवा (सूचीसहित)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । नेपाल सरकार, गृह मन्त्रालयको मिति २०८०/०१/२५ गतेको निर्णयानुसार जनपद प्रहरी समूह तर्फका १२ जना प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई सरुवा गरिएको मानव प्रहरी प्रधान कार्यालय, मानव श्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाले जनाएको छ ।...
दार्चुलाको हिमपहिरोमा बेपत्ता भएका थप १ जनाको शव फेला
काठमाडौं । दार्चुलाको हिमपहिरोमा पुरिएर बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ । जिल्लाको ब्यास गाउँपालिकामा हिमपहिरोमा बेपत्तामध्ये ईश्वरी थापाको शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । २८ वर्षीया ईश्वरी डोटीको जोरायल गाउँपालिका–२ की स्थानीय हुन् । सशस्त्र प्रहरी बल नम्बर–५० गुल्म छाङरुबाट खटिएको टोलीले घटनास्थलबाट...
बैंकले आधारदर भन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्न नपाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई प्रत्येक महिना ब्याजदर परिवर्तन गर्नुपर्ने गरी सर्कुलर जारी गरेको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देश, २०७९ संशोधन÷परिमार्जन गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो । बैंक...
मधेस प्रदेश सभाको बैठक जेठ २ गते बस्ने
जनकपुरधाम । मधेस प्रदेश सभा बैठक आगामी जेठ २ गते बस्ने भएको छ । बैठक जेठ २ गतेका लागि आह्वान गरिएको प्रदेश सभाका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । सचिव यादवका अनुसार, उक्त बैठकमा चार वटा विधेयक पेस गर्ने सरकारको तयारी रहेको छ । भौतिक पूर्वाधार मन्त्रालयले बनाएको यातायातसम्बन्धी...
सुनको भाउ प्रतितोला ३ सयले बढ्यो
काठमाडौं । सुनको भाउ मंगलबार थप ३ सय रुपैयाँ वृद्धि भएको छ । भाउ बढेसँगै मंगलबार सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, अघिल्लो दिन प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला...
प्रहरी प्रधान कार्यालयद्वारा १८ एसएसपीको पदस्थापन
काठमाडौं । प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को काज तथा पदस्थापन गरेको छ । बढुवाभई सोमबार अहोदाको फूली लगाएका एसएसपीहरुलाई प्रहरी मुख्यालयले मंगलबार पदस्थापन गरेको हो । पदस्थापन हुने एसएसपीहरुमा विश्व अधिकारी, भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अवि नारायण काफ्ले,...
ए डिभिजन लिगमा आज तीन खेल हुँदै
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा आज ३ खेल हुने भएको छ । दुई खेल दशरथ रङ्गशाला र एक खेल च्यासल मैदानमा हुने भएको हो । खेल दिउँसो ३ बजे र साँझ ६ बजेबाट सुरु हुनेछन् । च्यासलमा ३ बजे सुरु हुने खेलमा सङ्कटा क्लब र रोयल ब्लू...










