नीति तथा कार्यक्रमबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक आह्वान

तु खबर संवाददाता
२०८० जेष्ठ २,मंगलवार १५:२३
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज साँझ ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा जेठ ५ गते सार्वजनिक हुने सरकारका नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने बताइएको छ ।

सो अघि प्रधानमन्त्री प्रचण्डले १० दलीय गठबन्धनको बैठक बोलाएका छन् । सरकारका नीति तथा कार्यक्रमका बारेमा राय लिनका लागि गठबन्धनका बैठक बोलाएका हुन् ।