समाचार

अवैध लागूऔषधसहित ९ जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया, बाँके, मोरङ र कैलाली गरी चार छुट्टाछुट्टै स्थानबाट ९ जनालाई पक्राउ गरेको हो । प्रहरीले बर्दियाको गुलरिया नगरपालिका–९ गोडियनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो पक्राउ...

बानियाँले दिए नवनिर्वाचित प्रेस युनियनको कार्यसमितिलाई बधाई

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियन मकवानपुरको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका छन् । बानियाँले सामाजिक सञ्जालमार्फत् युनियन मकवानपुरको सातौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै नेपाली कांग्रेस सदैव लोकतन्त्र र स्वतन्त्र प्रेसको पक्षमा रहेको बताए । उनले देश...

रेशम चौधरीको मुद्दामा हेर्दाहेर्दैमा

काठमाडौं । कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दा सोमबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको हो । यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले...

भोलिदेखि प्रतिनिधि सभाका १० वटा विषयगत समितिको बैठक बस्ने

काठमाडौं । मंगलबारदेखि प्रतिनिधि सभा अन्तर्गत रहेका १० वटा विषयगत समितिको बैठक सुरु हुने भएको छ । गठन भएका सबै समितिको पहिलो बैठक बिहान ९ बजेदेखि सुरु हुने संघीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधि सभा सुरु भएको ५ महिनापछि र समिति गठन भएको झण्डै २ सातापछि संसदीय समितिहरूको...

प्रदेश प्रमुख शर्माद्वारा विधेयक प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार एउटा विधेयक प्रमाणीकरण गरेका छन् । उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को साविकको व्यवस्था जगाउने सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रमाणीकरण गरेको प्रदेश प्रमुखका प्रेस संयोजक शिव चौलागाईंले जानकारी दिए । प्रमुख शर्माले नेपालको संविधानको धारा २०१...

तीन दिन म्याद थपिएसँगै टोपबहादुरको बयान सुरु

काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थपिएसँगै पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान सुरु भएको छ । नक्कली भुटानी शरणार्थी प्ररकणमा आईतबार पक्राउ परेका रायमाझीको सरकारी वकिलको कार्यालयमा बयान सुरु भएको हो । उनलाई यो प्रकरणमा सम्बन्धित रहेर बयान गराइएको हो । आजै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पनि बयानका...

मन्त्री लामाले पाए ४ वटा मन्त्रालयको जिम्मेवारी

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले ४ वटा मन्त्रालयको जिम्मेवारी पाएका छन् । सोमबार बागमती प्रदेश प्रमुख यादवचन्द शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा मन्त्री लामालाई थप ३ वटा मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी दिएसँगै उनले ४ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका हुन् । लामालाई पर्यटन...

‘कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपाबाहेक अरु बन्न सक्दैनन्’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपाबाहेक अरु बन्न नसक्ने बताएका छन् । सोमबारदेखि सुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै राप्रपा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । उनले जनताले वर्तमान नेतृत्वको विकल्प खोजेको बताए । तर...

संसदमा सुनाए सभामुखले टोपबहादुर पक्राउ परेको सूचना

काठमाडौं । सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना प्रतिनिधि सभाको बैठकमा सुनाएका छन् । रायमाझीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न भएको आशंकामा अनुसन्धानका लागि रायमाझी आईतबार साँझ पक्राउ गरेको हो । सभामुख घिमिरेले ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा...

देश विकास गर्न प्रदेश सरकारको भूमिका महत्वपूर्ण छः मुख्यमन्त्री जम्कट्टेल

रामेछाप । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले देश विकासका लागि प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । सोमबार रामेछापको मन्थली माध्यमिक विद्यालय भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै जम्कट्टेलले समग्र मुलुकको विकासका लागि तीनै तहको सरकार आवश्यक रहेकोमा जोड दिए । उनले पुराना तथा सामन्ती तत्वहरु संघीयता विरुद्ध लागि...