समाचार
मकवानपुर ट्राफिकद्वारा २ करोड ४५ लाख राजश्व संकलन
मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा झण्डै साढे २ करोड राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरीले गत साउन महिनादेखि चैत्र महिलासम्ममा २ करोड ४५ लाख ८९ हजार पाँच सय रुपैया राजश्व संकल गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक...
श्री एयरलाइन्सको ‘९एन एएनई’ जहाज ग्राउन्डेड
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सको विमान ग्राउन्डेड गरेको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार श्री एयरलाइन्सको ९एन–एएनई विमानमा अगाडिको ल्यान्डिङ गेयरमा समस्या देखिएपछि विमान ग्राउन्डेड गरिएको हो । उक्त विमानमा गत शनिबार र आज सोमबार सोही समस्या दोहोरिए हो । सोमबार बिहान भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको...
हेटौंडाका खरेल भए नेपाल टप
मकवानपुर । हेटौंडा सिटी कलेजमा अध्ययनरत दिनेश खरेलले विएससी सिएसआईटी संकायको पहिलो सेमेस्टरको नतिजामा नेपाल टप गरेका छन् । खरेलले विएससी सिएसआईटी संकायको पहिलो सेमेस्टरमा ८९.९ प्रतिशत अंक ल्याई नेपाल टप गरेका हुन् । कलेजले आइतबार एक कार्यक्रमबीच खरेललाई प्रशंसा पत्रसहित कलेजका संस्थापक अनिल पाण्डेले व्यक्तिगत रुपमा २० हजार...
मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जना घाइते, अवस्था गम्भीर
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४ र ५ को सिमाना सिमातपुरस्थित आज दिउँसो सावरी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । दिउँसो २ बजेकोमा समयमा हेटौंडा–फापरबारी सडकखण्ड अन्तरगत पर्ने उक्त स्थानमा काठमाडौंबाट राईगाँउतर्फ आउँदै गरेको बा ५ ख २९४ नम्वरको बस र विपरित दिशातर्फ जाँदै गरेको...
थप तीन कम्पनीको शेयर कारोबार रोक्का हुने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले थप तीन कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेमा सूचीकृत प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले भोलि (बैशाख २६) गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले यी तीन वटै जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का राख्ने भएको हो...
अर्थसचिव पोखरेलद्वारा राष्ट्र बैंक संचालकको शपथ ग्रहण
काठमाडौं । अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले राष्ट्र बैंकको संचालकको शपथ ग्रहण गरेका छन् । सोमबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पोखरेलले केन्द्रीय बैंक संचालकको शपथ ग्रहण गराएको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक संचालक समितिको सदस्य रहने व्यवस्था...
हेटौंडामा बृहत उद्यमशीलता प्रदर्शनी र नृत्य प्रतियोगिता हुने
मकवानपुर । हेटौंडामा बृहत उद्यमशीलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुने भएको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजना तथा टोल विकास नगर समन्वय समिति हेटौंडाको व्यवस्थापनमा जेठ ५ गते प्रदर्शनीसँगै नृत्य प्रतियोगिता हुने भएको हो । टोल विकास संस्था, सहकारी, विभिन्न समूह र व्यक्तिले उत्पादन गरेका वस्तुहरूको...
उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत सङबीच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन सङबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार गृह मन्त्रालयमा भेटवार्ता भएको हो । भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिन–नेपालबीच ऐतिहासिक सम्बन्ध रहेको र चीनसँग नेपालको कुनै विवाद नरहेको बताए । चीनको तिब्बत स्वायत्त क्षेत्रले नेपाल प्रहरीलाई सहयोग गरेको २१...
ढाकाकुमार श्रेष्ठको रिटमा अल्पकालीन आदेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फबाट निर्वाचित सांसद ढाकाकुमार श्रेष्ठको रिटमा सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ । अदालतले श्रेष्ठमाथिको कारवाही कार्यान्वयन नगर्न र नगराउन विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । श्रेष्ठले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सोमबार प्रधानन्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल...
सोमबार १६ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा १६ अंकको गिरावट आएको छ । नेप्से सूचक शुन्य दशमलव ९१ प्रतिशतले घटेर १८३३ विन्दु्मा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता शेयर किनबेच हुँदा ८२ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको...










