समाचार

मकवानपुर प्रहरीद्वारा अवैध लागूऔषध बरामद

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उमहानगरपालिका–१० बसपार्कबाट अवैध लागूऔषध बरामद गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको गस्ती टोलीले शुक्रबार गस्ती गर्दै जाने क्रममा बासपार्कको टर्मिनलको पेटिबाट लागस्औषध फेनरागन ६०० एम्पुल, नुरफिन ६०० एम्पुल र डाईजोपाम ६०० एम्पुल बरामद गरेको हो । उक्त लागूऔषध कसले राखेको हो भन्ने बारे...

भारतको केरलामा डुंगा दुर्घटना, २१ जनाको मृत्यु

काठमाडौं । भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धेरैजसो बालबालिकाहरु रहेका छन् । छुट्टीमा घुम्न आएकाहरु दुर्घटनामा परेको र दुर्घटनास्थलबाट २१ वटा...

नेपाल प्रहरीका १८ एसपी एसएसपीमा बढुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गरेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार १८ जना एसपीलाई एसएसपीमा बढुवा गरेको प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले जानकारी दिए । नेपाल सरकार, गृह मन्त्रालयको मिति २०८०/०१/२४ गतेको निर्णयानुसार उनीहरुलाई एसएसपीमा बढुवा गरिएको...

चितवनबाट पक्राउ परे मकवानपुरका मोक्तान

मकवानपुर । चितवन राप्ती नगरपालिका–५, भण्डारा बजारबाट प्रहरीले लागूऔषध गाँजासहित मकवानपुरका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–७ बस्ने ६८ वर्षीय ईन्द्र बहादुर मोक्तान रहेका छन् । शंका लागेर मोक्तानको झोला चेकजाँच गर्दा २ किलो ५०० ग्राम लागुऔषध गाँजा बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय,...

एकनाले भरुवा बन्दुकसहित मकवानपुरका थिङ पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले एकनाले भरुवा बन्दुकसहित शनिबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ७ दुम्सिडाडाँ बस्ने ३० वर्षीय बाबुलाल थिङ रहेका छन् । उनले आफ्नै भाइलाई जग्गाको विषयमा कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट...

संसदमा आजदेखि प्रि–बजेटमाथि छलफल हुने

काठमाडौं । संसदमा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल सुरु हुने भएको छ । बिहान ११ बजेदेखि बस्ने प्रतिनिधि सभाको बैठकमा उक्त बजेटमाथि छलफल हुने भएको संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, आजबाट बैशाख २७ गतेसम्म प्रि बजेटमाथि छलफल हुनेछ । बिहान ११ बजेदेखि बेलुका ५...

कांग्रेसका युवा नेताहरूले सातै प्रदेशमा भेलाको आयोजना गर्ने

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी रूपान्तरणकका लागि प्रदेश भेला राख्ने निर्णय गरेका छन् । भक्तपुरको कौशलटारमा आइतबार बसेको शेखर कोइराला निकट युवा नेताहरुको बैठकले सातै प्रदेशमा भेलाको आयोजना गर्ने निर्णय गरेको हो । आगामी जेठ महिनामा ७ वटै प्रदेशमा भेला गर्ने निर्णय भएको बैठकमा सहभागी नेता रञ्जित...

मन्त्री फेरबदलमै बिते प्रचण्डका साढे चार महिना

काठमाडौं । संसदीय राजनीतिक इतिहासका ४४ औं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का साढे चार महिना गठबन्धन र मन्त्री फेरबदलमै बितेको छ । गत पुस १० मा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको यो अवधि जनसरोकारका विषयभन्दा पनि सरकारका मन्त्री फेरबदल, मन्त्रालय भागबण्डा र गठबन्धन परिवर्तनमै बितेको छ । प्रधानमन्त्री प्रचण्डले यस बीचमा...

आज वर्षादेखि हावाहुरीसम्मको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार सोमबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भू–भागका...

सचिव पाण्डे थप ७ दिन हिरासतमा रहने

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गरेको मुद्दामा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई थप ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । बैशाख २० मा जिल्ला अदालत काठमाडौंले पाण्डेलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । उक्त ३ दिनको...