समाचार

अन्तरजेसिज वतृत्वकला प्रतियोगितामा न्यौपाने विजयी

हेटौंडा । हेटौंडा जेसिजले आयोजना गरेको अन्तरजेसिज वतृत्वकला प्रतियोगितामा विवेक आनन्द न्यौपाने विजयी भएका छन् । आज भएको प्रतियोगितामा जेसिजका महासचिवसमेत रहेका न्यौपाने विजयी भएका हुन् । त्यस्तै सुदिन पौडेल दोस्रो र छोइसाङ् लामा तेस्रो भएका हुन् । प्रतियोगितामा प्रथम हुनेले १ हजार ५ सय, दोस्रो हुनेले १ हजार...

मकवानपुरकी भोलनको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ११, पिपलडाँडा बस्ने सन्चमाया भोलनको विष सेवनबाट मृत्यु भएको छ । ६१ वर्षीया भोलनको हाल नाम नखुलेको विषादी सेवन गर्दा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जनाएको छ । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, उनले...

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे संसद् भवनमा सुरु हुनेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, सभामुखले शोक प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची...

बस दुर्घटना हुँदा ३१ जना घाइते

चितवन । पूर्व–पश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आइतबार राति दुर्घटना भएको हो । बस खैरहनी नगरपालिका–८, पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । बस अनियन्त्रित...

प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेस गर्न संसद्को संयुक्त बैठक कहिले बस्ने लगायतका विषयमा छलफल भएको...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । यस्तै, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका...

राप्रपाको केन्द्रीय समिति बैठक आजबाट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । बैठक काठमाडौंको धूम्रबाराहीमा आज बिहान ११ः३० बजेबाट सुरु हुने भएको पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा गरिनेछ । बैठकमा अध्यक्ष...

आजबाट दुई वटा मोबाईल ल्याउन पाउने

काठमाडौं । विदेशबाट फर्केका नेपालीले आजदेखि २ वटासम्म मोबाइल ल्याउन पाउने भएका छन् । दुरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजबाट लागू गरेपछि दुई वटासम्म मोबाईल नेपाल ल्याउन पाइने भएको हो । ‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्किएका नेपाली नागरिकले थप...

बागमती मन्त्रिपरिषद् : प्रदेश सभाको बैठक आह्वान गर्ने निर्णय

मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बैठक आह्वान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले प्रदेश सभाको अधिवेशन आगामी जेठ ९ गते दिउँसो १ बजे आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । त्यस्तै,...

एनएमबी बैंकको एटीएम सेवा आज राति बन्द हुने

काठमाडौं । एनएमबी बैंक लिमिटेडको कार्ड र एटीएम सेवा आज एकदिन अबरुद्ध हुने भएको छ । बैंकको स्विचमा सेक्युरिटी अपग्रेडसम्बधी कार्य गर्न लागिएको भन्दै आज रातिदेखि भोलि बिहानसम्म सेवा बन्द हुन लागेको हो । सो बैंकले ‘मिति २०८० जेठ १ गते सोमबार राति १०ः३० बजेदेखि २०८० जेड ०२ गते...