अन्तरजेसिज वतृत्वकला प्रतियोगितामा न्यौपाने विजयी
हेटौंडा । हेटौंडा जेसिजले आयोजना गरेको अन्तरजेसिज वतृत्वकला प्रतियोगितामा विवेक आनन्द न्यौपाने विजयी भएका छन् ।
आज भएको प्रतियोगितामा जेसिजका महासचिवसमेत रहेका न्यौपाने विजयी भएका हुन् ।
त्यस्तै सुदिन पौडेल दोस्रो र छोइसाङ् लामा तेस्रो भएका हुन् । प्रतियोगितामा प्रथम हुनेले १ हजार ५ सय, दोस्रो हुनेले १ हजार र तेस्रो हुनेले नगद ५ सय रुपैयाँसहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् । प्रथम हुनेलाई जेसिज नविकरण शुल्क ३ हजार रुपैयाँसमेत छुट हुनेछ ।
प्रतियोगितामा सहभागी १० जनाले सकारात्मक दृष्टिकोणको लागि युवा नेतृत्व भन्ने विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा जेसिज वर्ष २००१ का अध्यक्ष धर्म कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने जेसिजकै कविन सांगामी, अन्जनी कुमार पराजुली र कुश कुमार रिजालले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने सन्जय कुमार न्यौपानेले कार्यक्रम संयोजन गरेका थिए ।
सप्ताहव्यापी कार्यक्रम अन्तरगत वतृत्वकला प्रतियोगिता आयोजना गरिएको बताउँदै यस्ता कार्यक्रमहरुले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा टेवा पुग्ने जेसिज वर्ष २०२३ का अध्यक्ष श्रवणकुमार बर्तौलाले बताए ।