समाचार

आईएमई पेले क्युआर भुक्तानीमा रिवार्ड प्वाइन्ट दिने

काठमाडौं । आईएमई पेले क्युआर भुक्तानीमा रिवार्ड प्वाइन्ट दिने भएको छ । ग्राहकलाई विद्युतीय तथा क्युआर भुक्तानी तर्फ प्रेरित गर्ने उद्देश्यका साथ यो व्यवस्था ल्याएको हो । सो भुक्तानी बाहेक आईएमई पेले अन्य विभिन्न सुविधामा पनि रिवार्ड प्वाइन्ट दिनेछ । रिवार्ड प्वाइन्ट जुन सुकै किसिमको क्युआर भुक्तानीमा समेत पाउन...

थप ३२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १३३ पुग्यो

काठमाडौं । देशभर थप ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । १ हजार ९६४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८ जना एन्टिजेन विधिबाट २४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर पीसीआर विधिबाट सङ्क्रमण पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या १३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या...

‘पार्टी एकताको विषयमा छलफल भइरहेको छ, टुंगोमा पुगेका छैनौँ’

मकवानपुर । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टाराईले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको विषयमा छलफल भइरहेको भएता पनि हालसम्म टुंगोमा पुगिनसकेको बताएका छन् । आज हेटौंडामा पत्रकारहरुसँग कुराकानी गर्दै डा. भट्टराईले माओवादी केन्द्रसँग चुनावी तालमेल गरिएको भएतापनि पार्टी एकता भने हुने नहुने निक्र्यौल नभएको बताए । ‘हामी बैकल्पिक...

१९ अंकले घट्यो नेप्से, ६० करोडमाथिको कारोबार

काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १९ अंकले घटेर १८५० विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २६३ कम्पनीको २० लाख १० हजार १७० कित्ता शेयर किनबेच हुँदा ६० करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको हो...

बाबुराम भट्टराईको टिप्पणीः राजनीतिक स्थिरता र ‘भ्यागुताको धार्नी’ उस्तै भयो

मकवानपुर । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा राजनीतिक स्थिरताको विषयलाई लिएर टिप्पणी गरेका छन् । हेटौंडामा पत्रकारहरुसँग कुराकानी गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले नेपालमा राजनीतिक स्थिरता दिन भ्यागुताको धार्नी पुराउन भन्दा कठिन भएको भन्दै टिप्पणी गरे । ‘कुनै पनि दलको बहुमत आउने अवस्था छैन । त्यसकारण...

रास्वपा बैकल्पिक राजनीतिको अन्तिम प्रयोग होइनः डा. भट्टराई

मकवानपुर । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैकल्पिक राजनीतिक शक्तिको अन्तिम प्रयोग नभएको बताएका छन् । हेटौंडामा पत्रकारहरुसँग कुराकानी गर्दै डा. भट्टराईले पुराना राजनीतिक दलबाट आजित भएका जनताले बैकल्पिक राजनीतिक शक्तिको खोजि गरिरहेको र रास्वपा त्यसैको एउटा प्रयोगमात्र भएको बताए । ‘रास्वपाको उदयलाई हामीले बैकल्पिक...

हेटौंडामा सडक विस्तार मापदण्ड अनुसार नै हुनुपर्छ : डा.भट्टराई

मकवानपुर । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हेटौंडामा २५ मिटर सडक विस्तार मापदण्ड अनुरुप नै हुनुपर्ने बताएका छन् । उनले आइतबार हेटौंडामा पत्रकारहरुसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् । उनले बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा सडक विस्तार अनिवार्य भएको बताए । डा. भट्टराईले...

नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यद्वारा शपथ ग्रहण

काठमाडौं । नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आयोजित विशेष र्काक्रमबीच नवनियुक्त मन्त्री आचार्यलाई शपथ ग्रहण गराएका हुन् । आचार्यले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनले...

प्रतिनिधि सभा बैठकमा ४ दिनसम्म प्रि–बजेट छलफल हुने

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा बजेट पूर्वको छलफल (प्रि–बजेट छलफल) चार दिनसम्म हुने भएको छ । आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रि–बजेट छलफल चार दिन चलाउने तय गरेको हो । नेपाली कांग्रेसकी सांसद ईश्वरी देवी न्यौपानेका अनुसार आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१...

नेपाली नागरिकता लिएको आरोपमा १० भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सा, बारा, सिरहा,...