मकवानपुरमा एक जनाको शव फेला

तु खबर संवाददाता
२०८० बैशाख ३१, आईतवार १७:५४

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ७ मनसाईस्थित धरान–चतरा सडक छेउमा आईतबार दिउँसो एक जनाको शव फेला परेको छ ।

दिउँसो १ः४५ बजेको समयमा हाल नाम, थर, बखत नखुलेको अन्दाजी वर्ष ६५ को जस्तो देखिने एक जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय फावरबारीबाट प्रहरी सहायक निरीक्षक भिमबहादुर केसी र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिक्रम खड्का मगरको कमाण्डमा खटिएको खोलीले उक्त शवको मुचुल्का उठाई पोष्टमार्टम तथा घटनाको आवश्यक अनुसन्धान गर्न हेटौंडा ल्याएको जनाइएको छ ।

उक्त लाश नग्न अवस्थामा रेहेको, बाहिरी घाउ चोटपटक केही नदेखिएको , शंकास्पद नरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।