भरुवा बन्दुकसहित मकवानपुरका थिङ पक्राउ
मकवानपुर । मकवानपुरको थाहानगरपालिका वडा नम्वर १२ तल्लो बसन्तबाट प्रहरीले आईतबार भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय अन्दाजी ५५ वर्षीय बुद्धेराम थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, आईतबार बिहान साढे ११ बजेको समयमा विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा घरको गारोमा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी निजलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
