समाचार

थप ५७ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सो अवधिमा १ हजार ९३१ जनामा गरिएको परीक्षणका क्रममा ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सोही अवधिमा २७ जना सङ्क्रमणमुक्त भएको छ । हाल...

स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ

काठमाडौं । सरकारले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै स्थानीय तहका पदाधिकारी एवम् कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको हो । मन्त्रालयले स्थानीय तहका पदाधिकारी एवम् कर्मचारीलाई कार्यक्रम स्वीकृत नगराई जथाभावी विदेश भ्रमणमा नजान आग्रह...

बलात्कार आरोपितलाई पक्राउ गर्न जाँदा प्रहरीमाथि ढुंगामुढा प्रहार

कालीकोट । कालीकोटमा बलात्कार आरोपितलाई पक्राउ गर्न गएका प्रहरीमाथि ढुंगामुढा प्रहार भएको छ । सोमबार बिहान पलाँता गाउँपालिका–६ सैनमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोलीमाथि आरोपितका आफन्तले ढुंगामुढा प्रहार गरेको कालिकोट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही ठाउँका ३१ वर्षीय संक बुढालाई पक्राउ गर्न प्रहरी टोली‌ त्यहाँ...

२० जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २१ जनामध्ये २० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । दर्ज्यानी चिन्ह प्रदान गर्नेहरुमा...

कतिमा कारोबार हुँदैछ आज सुनचाँदी ?

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको छ । हिजो आइतबारको तुलनामा आज तोलामा ३०० रुपैयाँले सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै आज छापावाल सुनको भाउ तोलामा १ लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापावाल...

परराष्ट्र मन्त्रालयका कर्मचारी मृत भेटिए

पोखरा । परराष्ट्र मन्त्रालयका नायव सुब्बा ३१ वर्षीय अनुप भण्डारी पोखरामा बेगनासतालमा सोमबार मृत अवस्थामा भेटिएका छन् । उनी बिहान ८ बजे डुगाघाट भन्दा ४ सय मिटर टाढा पानीमा तैरिरहेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थल...

सिटी होटेलले सर्वसाधारणका लागि आईपीओ खुलायो

काठमाडौं । सिटी होटेलले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरूलाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई आईपीओ बिक्री खुलाएको हो । कम्पनीले जारी पुँजी १ खर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतका दरले आईपीओ बिक्री खुलाउने निर्णय गरेको थियो । सोअनुसार प्रतिकित्ता १००...

बागमती प्रदेश : आज सर्वदलीय बैठक बस्दै

मकवानपुर । बागमती प्रदेश सभा सचिवालयमा आज सर्वदलीय बैठक बस्ने भएको छ । बैठक आज अपराह्न बस्ने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उक्त सर्वदलीय बैठकले आगामी बजेट अधिवेशनको लागि मिति तोक्ने र बागमती प्रदेश सरकारद्वारा प्रस्तुत गरिने आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको सैद्धान्तिक...

संवैधानिक परिषद्को बैठक आज बस्ने

काठमाडौं । आज संवैधानिक परिषद्को बैठक बस्दैछ । बैठक साँझ ६ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको हो । आजको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने बताइएको छ । शनिबार विपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले ४८ घण्टाको समय राखेर परिषद्को बैठक बोलाएका हुन्...

प्रादेशिक राष्ट्रपति उत्कृष्ट कृषक पुस्कारबाट ५ जना पुरस्कृत

मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास निर्देशनालयले पाँच जना कृषकहरुलाई नगद पुरस्कार प्रदान गरेको छ । मन्त्रालयको प्रदेश सरकारको प्रादेशिक राष्ट्रपति उत्कृष्ट कृषक पुस्कारबाट पाँच जनालाई पुरस्कार प्रदान गरेको हो । पुरस्कृत हुनेमा ३ जना चितवनका, एक/एक जना ललितपुर र काभ्रेका छन् । बीएण्डबी केरा फार्म संचालन...